लेखेको बाईबलको कथा

शिर्षक

1. सृष्टि

शुरुमा केही पनि थिएन तर परमेश्वर हुनुहुन्थ्यो, हुनुहुन्छ र सधैं हुनुहुनेछ। परमेश्वरले  संसार बनाउनुभयो। उहाँले आकाश, पानी, रुखहरु, ताराहरु, उड्ने पंक्षीहरु विभिन्न खालका हिड्ने र घस्रने जनावरहरु पनि बनाउनुभयो। परमेश्वरले सबै कुरा आफ्नो वचनको शक्तिले बनाउनुभयो। परमेश्वरले भन्नुभयो, “म आफुजस्तै मानिस बनाउने छु।” तब उहाँले भुमिको माटो लिनुभयो र मानिस बनाउनुभयो। त्यस मानिसको नाकमा सास फुकिदिनुभयो र उ जीवित प्राणी भयो। परमेश्वरले उसको नाम आदम राख्नुभयो। परमेश्वरले एउटा सुन्दर बगैचा बनाउनुभयो र त्यसमा धेरै किसिमका फल दिने रुखहरु पनि बनाउनुभयो। बगैचाको बिचमा एउटा रुख थियो जसको फलले असल र खराबको ज्ञान दिन्थ्यो। परमेश्वरले त्यो बगैचामा आदमलाई राख्नुभयो। परमेश्वरले भन्नुभयो, “यो बगैचामा भएको सबै रुखको फल तिमी शंका नगरि खान सक्छौ। तर असल र खराबको ज्ञान दिने रुखको फल चाहि नखानू। यदि तिमीले त्यो फल खायौ भने निश्चय नै मर्ने छौ।” परमेश्वरले भन्नु भयो, “मानिस एक्लो रहनु असल छैन। म उसको निम्ति एउटा सुहाउँदो जोडि बनाउने छु।” परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। आदमको करङबाट उसको निम्ति एउटी स्त्री बनाउनुभयो। जब आदम निन्द्राबाट ब्युझे र स्त्रीलाइ देखेर भने, “अहो! यिनि त मेरो लागी सुहाउने जोडि हुन्।” तिनको  नाम हब्बा थियो। तिनीहरु नाङ्गै थिए तर लाज मान्दैन् थिए। परमेश्वरले आफूले सृष्टि गर्नु भएको सबै कुरालाई हेर्नुभयो। त्यो सिध्द थियो।                             [शीर्षकमा फर्कनु ]

 2. पाप र मृत्यू 

परमेश्वरले सिद्ध संसार र एउटा सुन्दर बगैचा बनाउनुभयो। उहाँले आदम र हव्वालाई  बगैंचामा राख्‍नुभयेा। परमेश्वरले बनाउनु भएको प्राणीहरुमध्ये सर्प सबैभन्दा धूर्त थियेा। एक दिन सर्पले हव्वालाई भन्यो, "के  तिमीहरुलाई परमेश्वरले बगैंचामा भएको कुनैपनि रुखको फल नखानू भनेर भन्नुभएको छ?" हव्वाले जवाफ दिदैं भनिन, "परमेश्वरले हामीलाई  बगैंचामा भएको सबै रुखको फल खान सक्छौ तर असल र खराबको ज्ञान दिने रुखको फल नखानू। यदि खायौ भने निश्चय नै मर्नेछौ भन्नु भएको छ।" अनि सर्पले भन्यो, "तिमीहरु मर्दैनौ!  किनकि परमेश्वर जान्नुहुन्छ  जुन दिन त्यो फल खानेछौ, असल र खराबको ज्ञान पाएर तिमीहरु पनि परमेश्वर जस्तै हुनेछौ।" अनि त्यसपछि हव्वाको हृदयमा फल प्रतिको चाहाना बढेर आयो। तिनले फल टिपेर खाईन्,आदमलाई पनि दिईन् र उनले पनि खाए। खाने बित्तिकै उनीहरु नाङ्गै छौँ भन्ने कुरा थाहा पाए।अनि अाफ्नो नङ्गनता ढाक्नलाई रुखको पातहरु गाँसेर लगाए। अनि जब बेलुकी  परमेश्वर आउनुभयो। परमेश्वरले आदमलाई बोलाउनुभयो, "आदम, तँ कहाँ छस्?" अनि आदमले भन्यो, "मैले तपाईको आवाज सुने र म नाङ्गै भएकोले डराएँ र यहाँ लुकेको छु।” परमेश्वरले भन्नु भयो "कस्ले भन्यो तँ नाङ्गै छस् भनेर?  जुन रुखको फल मैले नखा भनेको थिए के त्यो  तैंले खाईस्?" अनि उसले भन्यो, "तपाईले मसँग रहन भनेर बनाउनु भएकेा स्त्रीले मलाई दिई र मैले खाएँ।" अनि परमेश्वरले हव्वालाई भन्नुभयो, "यो तैले के गरिस्?” हव्वाले भनिन्, "मलाई सर्पले छल गर्‍यो र मैले खाएँ।" अनि परमेश्वरले सर्पलाई भन्नुभयो, “तँ श्रापित् होस्। अब देखि तँ पेटको बलले हिड्ने छस्। तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनि हालिदिनेछु।" अनि त्यसपछि हव्वालाई परमेश्वरले भन्नुभयो, "तेरो सुत्केरि ब्यथा अत्याधिक बढाईदिनेछु। तैँले बडो कष्टसँग आफ्नो सन्तान जन्माउनेछेस्।" अनि आदमलाई भन्नुभयो, "आदम, श्रीमतिको कुरा सुनेर मैले तलाई नखा भनेको रुखको फल खाएकोले भुमि श्रापित भएको छ। अब भुमिले सिउडि र काँढाहरु उमार्नेछ। तैले पसिनाको कमाईले खानेछस्। तँ माटोबाट बनाईएको थिईस् र माटैमा मिल्नेछस्।” अनि त्यसपछि परमेश्वरले उनीहरुलाई यो सुन्दर बगैंचाबाट बाहिर निकालि दिनुभयो। यसरी परमेश्वरको आज्ञालाई उलंघन गरेको कारणले गर्दा, परमेश्वरले सृष्टि गर्नुभएको सिद्ध संसार भ्रष्ट भयेा।                                       [शीर्षकमा फर्कनु ]

3. कयिन र हाबिल

जब परमेश्वरले आदम र हब्बालाई बगैचाबाट बाहिर निकालिदिनुभयो, त्यसको केहि समयपछि हब्बा गर्भवति भईन्। तिनिहरुकेा पहिलो छोरा जन्म्यो। त्यसको नाम तिनिहरुले कयिन राखे। केहि समय बिते पछि तिनिहरुको अर्को छोरा पनि जन्म्यो। तिनको नाम चाहिँ तिनिहरुले हाबिल राखे। जब तिनिहरु हुर्कदै गए। कयिन खेतिपाती गर्ने भए भने, हाबिलचाहिँ भेडा गेाठाला भए। एकदिन कयिनले आफ्नो उब्जनिको केहिभाग परमेश्वरकहाँ ल्याए। हाबिलले चाहिँ आफ्नो बगालको उत्तम पाठो परमेश्वरलाई दिए। परमेश्वरले कयिनको भेटिलाई  ग्रहण गर्नु भएन तर हाबिलको भेटिलाई ग्रहण गर्नुभयेा। येा देखेर कयिन साह्रै रिसाए। अनि परमेश्वरले कयिनलाई भन्नुभयो, "ए कयिन!  यदि तैले जे  ठिक छ त्यो गरिस् भने तँ ग्रहण योग्य हुने छैनस् र?  तर यदि तैले  ठिक काम गरिनस् भनेता पापले तलाई ढोकैमा ढुकि बस्छ। तैले त्यस लाई अधिन गर्नैपर्छ।" तब कयिनले आफ्नेा भाई हाबिललाई भने, "अब हामि बाहिर खेततिर जाउँ।”  जब उनिहरु बाहिर गए तब कयिनले हाबिललाई मारे। अनि परमेश्वरले कयिनलाई भन्नुभयेा, "ए कयिन!  तेरेा भाई हाबिल कहाँ छ?" तब कयिनले परमेश्वलाइ भने, "मलाई थाहा छैन, के म मेरेा भाईको गेाठालेा हुँ र?" परमेश्वरले कयिनलाई भन्नुभयेा, “मलाइ थाहा छ तैले तेरो भाइलाइ मारिस। तँ श्रापित भएको छस्। अब भुमिले तेरो लागि उब्जनि दिने छैन। तँ बिना चैनको डुलुवा हुनेछस्।" तब कयिन परमेश्वरको उपस्थितिबाट टाढा गए।

[शीर्षकमा फर्कनु ]

4. नोआ

आदम र हब्बाका सन्तानहरु फल्दै- फुल्दै र बृध्दि हुँदैगए। जसरी मानिसकेा संख्या बढ्दैगयो, त्यसरी पाप र दुष्टता पनि बढ्दै-बढ्दै गयो। दुष्ट मानिसहरुको बीचमा परमेश्वरले नोआलाई धर्मी देख्नुभयो र भन्नुभयो, "नोआ, म अब यो पृथ्वीमा भएका पशु, पंक्षि, प्राणि र सबै मानिसलाई नष्ट गरिदिने छु। तैले एउटा ठुलो पानी जहाज बना। त्यस भित्र तँ, तेरो परिवार साथै सबै पशु पंक्षी र प्राणिहरुको एक -एक जोडी भाले र पोथी गरि जहाज भित्र राख।" अनि परमेश्वरले भने अनुसार नोआले गरे। त्यसपछी परमेश्वरले चालिस दिन चालिस रात मुसलधारे पानी वर्षाउनु भयेा। त्यो पानीले सबै अग्लो डाँडाहरु ढाके  र त्यस जहाज भित्र भएको पशु पंक्षि प्राणि र नोआको परिवार बाहेक सबै पशु पंक्षि प्राणिहरु जलप्रलयले नष्ट भए। परमेश्वरले नोआको परिवारलाई कहिल्यै बिर्सनुभएन। केही समयपछि बतास चलाई दिनुभयो। पानी सुक्दै- सुक्दै गयो र जमिन देखा पर्‍यो। जमिन सुक्खा भएपछि, नोआ आफ्नो परिवारसँगै सबै पशु, पंक्षि र प्राणिहरु लिएर बाहिर निस्केर परमेश्वरलाई धन्यबाद चढाए। परमेश्वरले नोआलाई आशिष दिदै भन्नुभयो, “नोआ, तँ र तेरो सन्तान यो पृथ्वीमा फल्दै-फुल्दै, बृध्दि हुदै र फैलिंदै जाओ। म फेरि यस पृथ्वीलाई जल प्रलयले नष्ट पार्नेछैन। अब इन्द्रेणिले तिमीहरुलाई मेरो प्रतिज्ञाको सम्झना गराउनेछ।”                                            [शीर्षकमा फर्कनु ]

5. बिभिन्ना भाषाहरु

नोआको परिवार जहाजबाट बाहिर निस्केर आए। परमेश्वरले नोआ र उसको परिवारलाई आशिष दिँदै भन्नुभयो,"फल्दै-फुल्दै वृध्दि हुँदै पृथ्विमा फैलिंदै जाओ"। नोआको सन्तानहरु फल्दै-फुल्दै वृध्दि हुँदै गए। त्यति बेलासम्म पृथ्विमा एउटै भाषा थियो। तिनिहरु सर्दै जाँदा एउटा समथर भूमिमा पुगे। तिनीहरुले एक आपसमा सल्लाह गर्दै भने,"आओ! हामी एउटा ठूलो शहर र स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाउँ र आफ्नो नाऊँ राखौं यसरी यहाँबाट कतै पनि नफैलौं"। तब तिनिहरुले ठूलो शहर र धरहरा बनाउन शुरु गरे।  तब परमेश्वरले तिनिहरुको योजना बुझ्नुभयो।  अनि तिनिहरुको भाषा खल्बल बनाई दिनुभयो र तिनिहरुले एक-अर्काको भाषा बुझेनन्।  त्यसपछि तिनीहरुले शहर र धरहरा बनाउने कामलाई अगाडि बढाउन सकेनन्। अनि त्यहाँबाट तिनीहरु पृथ्विको चारैतिर फैलिंदै गए। यसरी परमेश्वरले तिनिहरुलाई चारैतिर फैलाउनुभयो, र बिभिन्न भाषाहरुको सुरुवात भयो।     [शीर्षकमा फर्कनु ]

6. अब्राहामको बोलावट

नोआको समय पछि पृथ्विमा विभिन्न भाषाहरुको सुरुवात भयो। अनि मानिसहरुको संख्या पनि बृध्दि हुदै र पृथ्वीमा फैलिंदै गयो।  यसरि धेरै मानिसको बिचबाट परमेश्वरले अब्राहाम नाम भएको ब्यक्तिलाई छान्नुभयो।  अब्राहामको पत्नीको नाम सारा थियो। तर साराको कुनै पनि सन्तान थिएन। अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, "अब्राहाम तेरो आफ्नो देश, तेरो आफ्नो पिताको घर छोडेर जुन देश म तँलाई देखाउँछु  तँ त्यहाँ जा।  तँ द्ववारा नै पृथ्विका सबै जातिहरुले आशिष पाउनेछन्। तँ नै आशिषको मुल हुनेछस्।" परमेश्वरको  कुरा सुन्ने बित्तिकै अब्राहामले आफ्नो श्रीमति सारालाई साथमा लिएर त्यहाबाट हिडे। अब्राहाम हिड्दै जाँदा एउटा ठाउँमा पुगे। तब परमेश्वरले अब्राहामलाई भन्‍नुभयो, "अब्राहाम - तेरो आँखाले देखेको यो सबै भुमीहरु म तेरो सन्तानको निम्ती दिनेछु।" केहि समय पछाडि परमेश्वरले अब्राहामलाई भन्नुभयो, "अब्राहाम तँ नडरा। हेर! तेरो सुरक्षा म नै हुँ र तेरो इनाम अत्यन्तै ठूलो हुनेछ।" तर अब्राहामले भने, "हे परमेश्वर, तपाईले मलाई के नै पो दिनु भएको छ र?  खै अहिलेसम्म मेरो एउटा छोरा त भएको छैन। मेरो यति धेरै सम्पत्तिहरु छन। तर म पछी यो सम्पत्तिको हकदार मेरो नोकर हुनेभयो।”  तब परमेश्वरले अब्राहामलाई भन्नुभयो "अब्राहाम हेर! के तँ यि आकाशका ताराहरु गन्न सक्छस? म तँ द्धवारा नै पृथ्वीमा यो आकाशका ताराहरु जत्तिकै सन्तान दिनेछु।" परमेश्वरको यो कुरामा अब्राहामले विश्वास गरे।  परमेश्वरद्वारा अब्राहामको विश्वास धार्मिकतामा गनियो। अब्राहामको उमेर सय बर्ष र साराको उमेर नब्बे बर्षको हुँदा साराले एउट छोरो जन्माइन्। त्यो बालकको नाम तिनिहरुले इशाहक राखे। इशाहकको अर्थ हाँस्‍नु हो। साराले बुढेसकालमा छोरा जन्माएकोमा, हाँस्‍दै आनन्द मनाइन्।                                       [शीर्षकमा फर्कनु ]

 7. अब्राहामको बिश्वासको जाँच

 परमेश्वरले अब्राहाम र सारालाई बृद्धकालमा छोरा  दिनुभयो। उनिहरुले इशाहकलाई माया गरेर हुर्काईराखेका थिए।  एक दिन परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्दे अब्राहामलाई भन्नुभयो, "अब्राहाम! तेरो एउटै मात्र अति मायाँ गर्ने  छोरा इशाहकलाई  मैले देखाएको डाँडामा लैजा र  होमबलि गर्।”  परमेश्वरको आज्ञा अनुसार अब्राहाम ले आफ्नो छोरालाई र  होमबलिको लागि चाहिने सबै सामानहरु लिएर परमेश्वरले देखाउनुभएको डाँडातिर हिँडे। उनिहरु हिड्दै गर्दा, इसहाकले अब्राहामलाई सोधे, "बुवा हामीसँग होमवलिकोलागि चाहिने दाउरा पनि छ,आगो पनि छ, तर होमवलिको भेडा चाहिँ खोई  त?”  तब अब्राहामले इसहाकलाई भने "छोरा, होमवलिको लागि चाहिने भेडा चाँहि परमेश्वरले नै जुटाउँनुहुन्छ।”  तिनिहरु  डाँडामा पुगेर  ढुङ्गाको वेदि बनाए र दाउरालाई मिलाएर राखे। अब्राहामले आफ्नो छोरा इशाहकलाई पनि त्यहाँ बाँधेर  राखे। तब तिनले आफुले लगेको छुरि इशाहकमाथि हान्नलाई उठाएका मात्र थिए, परमेश्वरले अब्राहामलाई हपारेर भन्नुभयो, "अब्राहाम! ए अब्राहाम! तैंले तेरो हात त्यस ठिटामाथि नउठा,  किनकी मलाई थाहा भयो कि तँ म सँग डराउँदो रहेछस्।”  तब अब्राहामले आखाँ उठाएर हेरे  एउटा भेडालाई झाडीमा सिङ अल्झेर फसेको देखे।  तिनले  त्यसलाई  इशाहकको सट्टामा होम बलि चढाए।  फेरि परमेश्वरले भन्नुभयो, "अब्राहाम! तैंले तेरो एउटै मात्र छोरालाई पनि म बाट रोकेर राखिनस्।  त्यसकारण यस संसारका मानिसहरुले तँ अनि तेरा सन्तानद्वारा नै आशिष पाउनेछन्।”  अनि अब्राहाम र इशाहक त्यहाँबाट फर्किए।  अब्रहामका छोरा इसहाक थिए र इसाहाकका छोरा ईस्राएल थिए।  ईस्राएलका सन्तानलाई नै ईस्राएली भनियो।                              [शीर्षकमा फर्कनु ]

8. दश बिपत्ति र छुटकरा

अब्राहामको छोरा इशाहक थिए।  इशाहक्‌को छोरा इस्राएल थिए।  इस्राएलको धेरै छोराछोरीहरु थिए।  जुन देशमा तिनका छोराछोरीहरु ब‍स्थे त्यहाँ ठूलो अनिकाल परेकाे हुनाले तिनीहरु मिश्रदेशमा ग‍एर बसोबास गर्नथाले।  तिनीहरुको सन्तानलाइ इस्राएली भनीयाे।  तिनीहरु धेरै भएकाेले मिश्री शासकहरु तिनीहरुसंग डराए। त्यसकारण मिश्रीहरुले इस्राएलीहरुलाई दास बनाएर धेरै दु:ख दिनथाले।  तिनीहरुले रुँदै परमेश्वरलाई पुकारा गरे।  परमेश्वरले तिनीहरुको प्रार्थाना सुन्नुभयो।  परमेश्वरले तिनीहरुलाइ‍ दासत्वबाट छुटकारा दिएर ल्याउनको निमित्त एकजना इस्राएलीलाई पठाउनुभयो। उसको नाम मोशा थियो।  परमेश्वरको आज्ञा अनुसार माेशाले  मिश्रदेशको राजालाइ भने, "परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरुलाई जान दे!’ "  तर राजाले जान दिन मानेन्।  अनि परमेश्वरले मोशाद्बारा मिश्रदेशमा बिभिन्न बिपत्तिहरु पठाई दिनुभयो। मोशाले मिश्रदेशका नदीका पानीलाई रगतमा परिणत गरिदिए तापनि राजाकाे मन परिवर्तन भएन। त्यसैगरि परमेश्वरले  खटिराको बिपत्ति, असिनाको बिपत्ति, सलहको बिपत्ति जस्ता धेरै बिपत्तिहरु पठाउँनुभयो। तर राजाले जान दिन मानेन। अन्तमा परमेश्वरले एउटा ठुलो डरलाग्दो बिपत्ति पठाउनु भयो।  मिश्रदेशमा भएका सबै मानिसहरुको जेठा छोराहरु मरे।  राजाको जेठा छोरा पनि मर्‍यो।  तर इस्राएलीहरुको परिवारमा भने कुनै पनि हानि नाेक्सानी भएन।  त्यही रात मिश्रदेशका राजाले माेशालाइ भने, “तिमीहरुको आफ्नो सामान, छोराछोरीहरु र भएका सबैकुरा लिएर यहाँबाट अहिल्यै नै गइहाल।”  राति नै तिनिहरु त्यहाँबाट निस्केर गए।  अनी मोशाले ति इस्राएलीहरुलाई धेरै अघि परमेश्चरले अब्राहामसँग गर्नुभएकाे प्रतिज्ञाकाे भूमी तिर अगुवाई गर्दै लगे।                             [शीर्षकमा फर्कनु ]

9. दाऊदले राजाको रूपमा चुने

परमेश्वरले अब्राहामसंग प्रतिज्ञा गर्नु भएको भुमितर्फ परमेश्वरको  दास मोशाले इस्राइलीहरुलाइ अगुवाई गर्दै लगे। धेरै बर्षपछि इस्राइलीहरुले परमेश्वरसंग राजाको माग गरे।   परमेश्वरले तिनिहरुलाई राजा दिनु भयो। तर केहि समयपछि त्यो राजाले परमरश्वरको आज्ञा पालन गर्न छाडे। त्यसैले परमेश्वरले अर्को राजा चुन्नको लागि आफ्नो दास शामुयललाई भन्नुभयो, “शामुयल! त बेथलेहेम भन्ने शहरमा जा, मैले देखाएको मानिसलाई भेट र ति मानिसको  छोराहरु मध्ये एक जनालाई राजा हुनको निम्ति चुन।” परमेश्वरको आज्ञा अनुसार शामुयल बेथलेहेम भन्ने शहरमा गए र ति मानिसलाई भेटे र भने, “परमेश्वरलाई बलिदान चढाउनको  निम्ति तिम्रो परिबारलाई मैले देखाएको ठाउमा  लिएर आउ।”  ति मानिसले  आफ्नो परिबारलाई शामुयलले भनेको ठाउमा ल्याए। उसको धेरै छोराहरु मध्ये जेठो छोरालाई शामुयलले  राजा हुन लायकको देखे। तर परमेश्वरले शामुयललाई भन्नुभयो, “मैले त्यसलाई राजा हुन ईन्कार गरेको छु किनकि मानिसहरु बाहिरी रुप हेर्छन। तर म मानिसको भित्रि ह्रदयलाई हेर्छु।” त्यसैले परमेश्वरले त्यस मानिसको सातै जना छोरालाई ईन्कार गर्नु भयो। अनि शामुयलले त्यो मानिसलाई सोधे, “के तपाइको अरु पनि छोरा छ?” त्यो मानिसले जवाफ दिंदै भने, “मेरो एकजना  कान्छो छोरा छ तर त्यो जंगलमा भेडा चराउदैछ।”  शामुयलले भने, “उसलाई झट्टै बोलाएर ल्याउ। उ नआएसम्म हामि  बलिदान शुरु गर्दैनौं।” यिशैले मानिसलाई कान्छो छोरालाई बोलाउनको लागी पठाए। उसको नाम दाउद थियो। परमेश्वरले शामुयललाई भन्नुभयो, “मैले चुनेको मानिस यहि हो। यसैलाई राजा हुनको निम्ति चुन।”  त्यसैले शामुयलले दाउदलाई राजा हुनको निम्ति चुने। अनि परमेश्वरको आत्मा दाउद माथि आउनुभयो।  उनी परमेश्वरको शक्त्तिले भरिए। तर यो कुरा पहिलो राजालाई थाहा थिएन। यसरि परमेश्वरले दाउदलाई नयाँ राजा चुन्नु भयो।      [शीर्षकमा फर्कनु ]

10. दाऊद र गोलिअथ

दाऊद इस्राएलका राजाको रुपमा चुनिएपछि उनीआफ्नो घरमा फर्किए। दाऊदका तिन जना दाजुहरु राजाको सेनाको रुपमा काम गर्दथे। एकदिन दाऊदका पिताले दाऊदलाई भने, “केहि खानेकुराहरु लिएर तिम्रा दाजुहरुलाई भेटेर आऊ।” त्यसपछि दाऊद आफ्नो दाजुहरुलाई भेट्न गए। जसै दाऊद छाँउनिमा पुगे तब तिनले इस्राएलि सेना र बिदेशि सेनाहरुको बिचमा लडाई हुन लागेको देखे। बिदेशि सेनाहरुको बिचबाट एकजना मानिस निस्केर आयो। त्यो  एकदमै अग्लो र बलियो थियो। अनि त्यसको नाम गोल्यत थियो। त्यसले इस्राएलिहरुको गिल्ला गर्‍यो। यो सुनेर दाऊदले भने जीवित परमेश्वरको सेनालाई तुच्छ ठान्ने मानिस त्यो को हो? तिनले पुरानो राजाकहाँ भेटेर  भने “म यो मानिससँग लडने छु, किनभने जब म गोठालो थिए परमेश्वरले मलाई सि‌ंह र भालुहरुलाई मारेर आफ्नो बगालको रक्षा गर्ने शक्ति दिनुभएको थियो। के यो मानिसलाई हराउनलाई पनि मलाई शक्ति दिनु हुन्न र?”  जब उनले  राजाबाट अनुमति पाए तब तिनी आफ्नो हातमा भएको घूयेँत्रो र केहि ढुङ्गा लिएर त्यससित लड्नको लागि तयार भए। गोल्यत पनि दाऊदसँग लड्नको लागि गए। दाऊदले भने “आज परमेश्वरले मलाई शक्ति दिनुहुनेछ र म तँ लाई मार्नेछु।” दाऊदले आफ्नो घुयेँत्रोमा एउटा ढुङ्गा राखेर त्यसलाई हाने र त्यो ढुङ्गाले त्यसको निधारमा लाग्यो। त्यो ढल्यो अनि दाऊदले त्यसलाई मारे। यो देखेर बिदेशि सेनाहरु भागे, र ईस्राएली सेनाहरु लडाईंमा विजयी भए। यो घट्ना पछि दाऊद एकदमै प्रसिध्द भए। केहि वर्ष पछि इस्राएलका पुराना राजा मरे अनि इस्राएलीहरुले दाऊदलाई नै राजा बनाए। दाऊदले अाफ्नो दरवार यरुशलेममा बनाए। परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो राज्य तेरो सन्तानद्वारा नै म सदाको लागि स्थिर गर्नेछु।” यसरि दाउदको राज्य सदाको लागि स्थापित भयो। [शीर्षकमा फर्कनु ]

11. मुक्तिदाताको आगमन भविष्यवाणी

दाउदले धेरै बर्ष सम्म ईस्राएलमा राज्य गरे। तिनी मरेपछि तिनका सन्तानहरुले राज्य गर्न थाले। धेरैजसो तिनका सन्तानहरुले पमेश्वरको आज्ञा पालन गर्दैनथे। त्यसैले  पमेश्वरले आफ्ना चुनिएको दासहरुद्वारा तिनिहरुलाई चेतावनी दिदै यसो भन्नुभयो, “तिमीहरु मतिर फर्किआओ, नत्रभने विदेसी मुलुकको हातमा दासको रुपमा तिमिहरुलाई सुम्पिदिनेछु।”  परमेश्वरले यो पनि भन्नुभयो, “तिमीहरुलाई सुम्पिदिईसकेपछि फेरि फर्काएर यहि भुमिमा  ल्याउनेछु।  त्यसपछि दाउदको सन्तान, जो कन्याबाट जन्मनुहुनेछ, उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” तर मानिसहरुले पमेश्वरको कुरा सुनेन्।  त्यसैले पमेश्वरले तिनिहरुलाई विदेसी सेनाहरुको हातमा  सुम्पिदिनुभयो। त्यस देशको राजाले एक रात भयानक सपना देखे। राजाले त्यो सपनाको अर्थ खोलिदिनको निम्ति आफ्ना सल्लाहकारहरुलाई भने।  तब सल्लाहकारहरुले राजालाई भने, “तपाईले हामीलाई आफनो सपना बताउनुहोस् र हामी त्यसको अर्थ खोलिदिनेछौ। तर राजाले ती सल्लाहाकारहरुलाई भने, “होइन, तिमीहरुले नै मैले देखेको सपना र त्यसको अर्थ बताउनु पर्छ, अनि यो साँचो हो भन्ने मलाई थाहा हुनेछ।” तर कसैले पनि त्यो सपना र त्यसको अर्थ बताउन सकेनन्। तब राजाले ति सबै सल्लाहाकारलाई मार्ने योजना गरे। ती सल्लाहाकारहरुमध्ये एक जना इज्राएली पनि थिए। तिनको नाम दानिएल थियो। तिनले राजाले देखेका सपना र त्यसको अर्थ खोल्नको निम्ति पमेश्वरसँग प्रार्थना गरे। पमेश्वरले दानिएललाई राजाले देखेका सपना र त्यसको अर्थ बताउनुभयो। तिनी राजाकहाँ गएर भने, “हे महाराज! तपाईलाई पमेश्वरले हुन आउने भविष्यको बारेमा देखाउदै हुनुहुन्छ। तपाइले देख्नुभएको सपनामा एउटा मान्छेको मु्र्ति थियो। त्यो मु्र्ति हेर्नमा एकदम भयानक थियो। त्यसपछि पहाडबाट ढुङ्गा चोईटिएर, गुड्किदै आएर त्यो मु्र्तिमा बजारियो। र त्यो मु्र्ति चकनाचुर भयो। त्यो चोईटिएको ढुङ्गा बढ्दै गएर ठुलो पहाड भयो। त्यो पहाडले सारा संसारलाई ढाक्यो। हे महाराज! त्यो मान्छेको मुर्तिको शिर तपाइको राज्य हो। बाँकी मुर्तिको शरीर चाहिँ हुन आउने राज्यहरु हो। त्यो अन्तिम राज्यहरुको समयमा पमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जसको अन्त्य कहिल्यै हुनेछैन।” राजाले दानिएलबाट सपना र त्यसको अर्थ सुनिसकेपछि छक्क पर्दै भने, “तिम्रो पमेश्वर त साँचो पमेश्वर हुनुहुदोरहेछ।” त्यसपछि राजाले दानिएलाई आफ्नो राज्यको उच्च पदमा राखे। यसरी हुनआउने राज्य र मुक्तिदाताको बारेमा पमेश्वरले भविष्यवाणी गर्नुभयो।   [शीर्षकमा फर्कनु ]

12. येशूको जन्म

जब दानियल बृद्ध अबस्थामा थिए, त्यसको केहि समय पछि फेरि परमेश्वरले इस्राएलीहरुलाई आफ्नै देशमा फर्काएर ल्याउनु भयो। त्यसको धेरै समय पछि एक जना इस्राएली कन्या स्त्री जसको नाउँ मरियम थियो। उनी कहाँ स्वर्गदुत देखा परेर भने, “मरियम! परमेश्वर तिमी सँग धेरै प्रसन्न हुनुहुन्छ। तिमीले एउटा बालक जन्माउनेछ्यौ। उहाँलाई आफ्नो पुर्खा दाऊदको सिंहासन दिइनेछ। उहाँको राज्यको कहिले पनि अन्त्य हुनेछैन।” मरियमले भनिन् “यो कसरी हुन सक्छ? किनकि म त कन्या नै हुँ!।” अनि स्वर्गदुतले भने, “तिमी परमेश्वरको आत्माको शक्तिद्वारा गर्भवती हुनेछयौ।” मरियमले यस कुरामा विश्वास गरिन् र  उनी गर्भवति भईन्। मरियमको मगनी दाऊदको घरानाका एकजना योसेफ नाम गरेका मानिससँग भएको थियो। मरियम गर्भवति भएको कुरा योसेफले थाहा पाए। योसेफ असल ब्यक्ति भएका कारणले मरियमलाई शर्ममा पार्ने नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। त्यहि समय योसेफले एउटा सपना देखे सपनामा स्वर्गदुतले योसेफलाई भने, “मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने मरियम परमेश्वरको आत्माको शक्तिद्वारा गर्भवती भएकि हुन्। तिनले एउटा छोरो जन्माउने छिन् तिमीले उहाँको नाम येशू राख्नू। उहाँले आफ्नो मानिसहरुलाई पापबाट बचाउनुहुनेछ।”  त्यस पछि योसेफले मरियमलाई श्रीमति को रुपमा स्वीकार गरे। त्यो बेला जनगणनाको समय थियो।  तब योसेफले मरियमलाई लिएर आफ्नो पुर्खा दाऊदको शहर बेथेलेहेममा गए। बेथेलेहेम पुगे पछि मरियमको बच्चा जन्माउने समय आयो। उनीहरुले बस्नलाई ठाउँ खोजे तर कहिँ नपाएकाले मरियमले बालकलाई गोठमा जन्म दिईन्, र गाईको डुँडमा सुताईन्। त्यहाँ नजिकै गोठालाहरू आफ्नो भेडा-बगालको हेरचाह गरेर बसिरहेका थिए। अचानक त्यहाँ स्वर्गदुत देखा परेर गोठालाहरूलाई भने, “नडराओ! किनभने, म  सबै मानिसहरुलाई आनन्द दिने सुसमचार सुनाउँछु। आज बेथेलेहेम शहरमा मुक्तिदाताको जन्म भएको छ। तिमीहरुलाई चिन्ह यो हुनेछ कि एउटा बालकलाई तिमीहरूले डुँडमा सुताईरहेको भेट्टाउनेछौ।” गोठालाहरु दौडदै गए र जस्तो स्वर्गदुतहरूले भनेका थिए त्यस्तै एउटा बालकलाई डुँडमा सुताईरहेको भेट्टाए। तब उनीहरुले परमेश्वरलाई धन्यवाद चढाए। उनीहरुले अरुलाई पनि बताए। सुन्ने सबै जना आश्चर्य चकित भए। यसरी प्रतिज्ञा गरिएको मुक्तिदाता येशूको जन्म भयो।           [शीर्षकमा फर्कनु ]

13. येशूको बप्तिस्मा र परीक्षा

येशू जन्मिनु भएपछि हुर्कदै बढ्दै जानुभयाे। त्यस समयमा एक जना यूहन्ना नाम गरेका ब्याक्त्ति थिए। उनले मानिसहरुलाई आफ्नो पापहरूलाई स्वीकार गरेर परमेश्वरकहाँ फर्कि आउनलाई शिक्षा दिन्थे। जब मानिसहरुले त्यो कूरा गर्नलाई निश्चय गर्दथे तब यूहन्नाले तिनीहरुलाई नदीमा लगेर पानी भित्र डुबाएर बाहिर निकाल्दथे। यसले उनीहरुको पापहरु पखालिऐको संकेत गर्दथ्यो। यसैलाई नै बप्तिष्मा भनिन्थ्यो। एक दिन येशू पनि यूहन्ना कहाँ बप्तिष्मा लिनलाई आउनुभयो, जबकि उहाँले कुनै पनि पाप गर्नुभएको थिएन। येशूले भन्नुभयो, “यो गर्नु मेरो लागि असल कुरा हो।” तब यूहन्नाले येशूलाई बप्तिष्मा दिए।  येशू पानीबाट बाहिर निस्कनु भएपछी स्वर्गबाट परमेश्वरको आत्मा ढुकुरको रुपमा आेर्लेर आउनुभयो। परमेश्वरको अवाज स्वर्गबाटयसरी सुन्नियो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति नै प्रसन्न छु।” यूहन्नाले येशू नै प्रतिज्ञा गरिएको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा थाहा पाए। तब परमेश्वरको आत्माद्वारा येशू उजाड स्थानमा लगिनुभयो। त्यहाँ उहाँले ४० दिन ४० रात केही पनि खानुभएन। त्यही समयमा दुष्ट आत्माहरूको अगुवा जसलाई शैतान भनिन्छ, त्यो येशू कहाँ आएर भन्यो, “यदि तपाई परमेश्वरका पुत्र हुनुहुन्छ भने यि ढुङ्गालाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।’’  येशूले शैतानलाई भन्नुभयो, “परमेश्वरको वचनमा यस्तो लेखिएको छ, कि मानिस रोटीले मात्र होईन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जिवित रहन्छ।” तब शैतानले येशूलाई येरुशलेम शहरको परमेश्वरको मन्दिरको अग्लो स्थानमा  लगेर भन्यो, “यदि तपाई परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्, किनभने परमेश्वरको वचनमा लेखिएको छ कि स्वर्गदुतहरुले आएर तिमीलाई हात हातै थामनेछन।” तब येशूले शैतानलाई भन्नुभयो, “परमेश्वरको वचनमा यस्तो पनि लेखिएको छ, कि तैले आफ्नो परमेश्वरको परीक्षा नगर्नु।” तब आन्तिम पल्ट शैतानले येशूलाई एउटा अग्लो पर्वतमा लगेर भन्यो, “यदि तपाईले मलाई आराधना गर्नु भयो भने  म तपाईलाई संसारको सबै राज्यहरु दिनेछु।” येशूले शैतानलाई भन्नुभयो, “शैतान तँ दुर होईजा, किनभने परमेश्वरको वचनमा यसो लेखिएको छ, कि तैले आफ्नो परमेश्वरको मात्र दण्डवत् गर्नु र उहाँको नै सेवा गर्नु।” त्यसपछी शैतानले उहाँलाई त्यहाँबाट छोडेर गयो।  येशूले परमेश्वरको राज्यको बारेमा अरु धेरै मानिसहरुलाई  प्रचार गर्दै, रोगी र बिरामीहरुलाइ निको पार्दै हिड्नु भयो।        [शीर्षकमा फर्कनु ]

14. बाह्र चेलाहरू चुने

येशूले परमेश्वरको राज्यको बारेमा प्रचार गर्दा मानिसहरु सुन्नलाई ठेलम-ठेला गरिरहेका थिए। येशू तालको किनारमा उभिरहनुभएको थियो। एक जना पत्रुस नाम गरेका जलाहारी डुङ्गा बाहिर जाल धोइरहेका थिए। येशू तिनको डुङ्गामा चढ्नुभयो र डुङ्गालाई किनार देखि अलि पर लैजान भन्नुभयो। येशूले मानिसहरुलाई शिक्षा दिन लाग्नुभयो। शिक्षा दिई सक्नु भएपछि उहाँले पत्रुसलाई गहिरो तिर गएर जाल हान्न भन्नुभयो। तब पत्रुसले भने, "गुरुज्यू, हामीले रातभरि जाल हान्यौं, तर एउटा पनि माछा पाएनौं! तर तपाईं भन्नुहुन्छ भने, म फेरि  जाल हान्नेछु।” अनि पत्रुसले गएर जाल हाने। तब यति धेरै माछा पर्‍यो कि, जाल नै च्यातिएला जस्तो भयो। यसैले  पत्रुसले आफ्ना साथिहरुसँग सहायता मागे। माछाको भारले डुङ्गा नै डुब्ला जस्तो भयो। यो देखेर पत्रुसले भने, "प्रभु, म बाट टाढा जानुहोस्! किनकी म पापी मानिस हूँ!”  किनकी धेरै माछा देखेर तिनका साथीहरु पनि अचम्मित् भएका थिए। तब येशूले पत्रुसलाई भन्नुभयो, "नडराऊ, अब तिमीले मानिसहरुलाई पक्रने छौ!”  तब पत्रुस र तिनका साथीहरुले सबै कुरा छोडेर येशूको पछि लागे। केहि समय पछि येशूले कर उठाउने व्यक्तिलाई देखेर भन्नुभयो, "मेरो पछि लाग!” तब तिनीले सबै थोक छोडेर उहाँको पछि लागे। यसरी नै धेरै मानिसहरु उहाँको पछि लागे। तब उहाँ पहाड तिर जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै सारा रात बिताउनुभयो। यसरी येशूले बिहानीपख धेरै मानिसहरु मध्ये बाह्र जनालाई आफ्ना चेलाहरु हुनको लागि छान्नुभयो।           [शीर्षकमा फर्कनु ]

15. येशूको चमत्कारहरू

एकदिन येशू एकजना मानिसको घरमा परमेश्वरको राज्यको बारेमा शिक्षा दिई रहनु भएको थियो। येशूको शिक्षालाई सुन्न धेरै मानिसहरु त्यस घरमा ठेलम ठेल गर्दै थिए। त्यति नै बेला एकजना चार हातखुट्टा नचल्ने बिरामीलाई  बोकेर  त्यस घरमा ल्याए। धेरै ठुलो भिडको कारण त्यस बिरामीलाई येशूको नजिक  पुर्याउन नसकेपछि उनीहरुले येशू रह्नुभएको घरको छानो उघारेर त्यो विरामीलाई ऊ सुतेको खाटसमेत ओरालिदिए। तिनीहरुको विश्वासलाई देखेर येशूले त्यस बिरामीलाई भन्नुभयो, “हे मित्र! तिम्रा पापहरु क्षमा भएको छ।” त्यहाँ इस्राएलका धर्मगुरुहरुले  येशूका कुरा सुनिरहेका थिए। तिनीहरुले मनमनै यसो विचार गरे, “परमेश्वरको निन्दा गर्ने यो को हो? परमेश्वरले बाहेक अरु कसले पाप क्षमा गर्नसक्छ?” उनिहरुको यस्तो विचार येशूलेआत्मामा थाहा पाएर भन्नुभयो, “तिमी हरु आफ्नो मनमा किन एस्तो विचार गर्छौ? यो विरामीलाई ‘तिम्रो पाप क्षमा भए’ भन्नु सजिलो छ कि ‘तिम्रो खाट उठाएर हिँड’ भन्नु सजिलो छ?  मलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनेर तिमीहरुले थाहा पाउनेछाै।” अनि येशूले त्यस विरामीलाई भन्नुभयो, “तिमी खाट उठाएर घर जाउ।” त्यस मानिस जुरुक्क उठ्यो र परमेश्वरलाई धन्यवाद दियो अनि खाट उठाएर हिड्यो। यो देखेर सबैले अचम्म माने र परमेश्वको महिमा गरे। फेरि केहि दिन पछि येशू चेलाहरुको साथमा डुगाँमा चढेर ताल पारि जादैँ हुनुहुन्थ्यो। जादैँ गर्दा येशू डुगाँमा निदाउनुभयो। अनि त्यति नै बेला एक्कासि त्यहाँ आँधी आयो र डुगाँ पानीमा डुब्ला जस्तो भयो। यो देखेर चेलाहरु डराए। आतिंदै उनिहरुले येशूलाई भने “गुरुज्यू! गुरुज्यू! हामी त नष्ट हुन लाग्यौ, हामीलाई बचाउनुहोस्।” येशूले तिनिहरुलाइ भन्नुभयो, “तिमीहरु किन डराउछौं? तिमीहरुको विश्वास खोई?” अनि येशूले आधीँलाई शान्त होइजा भनेर हकार्नुभयो। तब आँधी विल्कुलै शान्त भयो। यो देखेर चेलाहरु छक्क पर्दै भने, “यिनी त कस्ता मानिस हुन्?  यिनले भनेको त आँधी र समुनद्रले पनि मान्ने रहेछ।”  यसरी येशूले अरु पनि धेरै अचम्मका कामहरु गर्नुभयो।                [शीर्षकमा फर्कनु ]

16. दुष्ट आतमामाथि येशूको अधिकार

येशूले आँधिलाई शान्त पारिसक्नु भएपछि, उहाँ आफ्ना चेलाहरुसँग तालको पारिपट्टिको गाउँमा आउनुभयो। त्यहाँ उहाँलाई एक जना भूत लागेको मानिसले भेट्यो। त्यसलाई मानिसहरुले धेरै पल्ट साङ्लाले बाँधेर राखेका थिए।  तापनि त्यसले उक्त साङ्ला टुक्रा-टुक्रा पारि छिनाल्थ्यो। त्यसैले कसैले पनि त्यसलाई बशमा पार्न सकेको थिएन। त्यसले धेरै समय देखि लुगा लगाउँदैनथ्यो। त्यो रात-दिन डाँडा र चिहानहरुमा कराउँदै आफुले-आफैलाई ढुङ्गाले चिथोर्दै हिंड्थ्यो। तर जब येशूसँग त्यसको भेट भयो, तब येशूले त्यसलाई भन्नुभयो, "ए अशुद्ध आत्मा त्यो मानिसबाट बाहिर निस्कि आइज!” तब त्यसले येशूलाई दण्डवत गर्दै भन्यो, "हे महान परमेश्वरको पुत्र येशू!  बिन्ति छ, मलाई दुःख नदिनुहोस्।” येशूले त्यसलाई भन्नुभयो, "तेरो नाउँ के हो?” त्यसले भन्यो, "मेरो नाऊँ त फौज हो, किनभने हामी धेरै छौं।” अनि त्यसले आफुलाई त्यो इलाकाबाट बाहिर ननिकालि दिनुहोस् भनि येशूसँग बिन्ति गर्‍यो। त्यहि नजिकैको एउटा डाँडाको भीर तिर सुँगुरहरुको एउटा ठूलो बगाल चरि राखेको थियो। भूतहरुले येशूसँग  ति सुँगुरहरु भित्र जान पाऊँ भनि उहाँसँग अनुमति मागे। येशूले अनुमति दिनुभयो र ति भूतहरु त्यो मानिसबाट निस्केर ति सुँगुरहरुमा पसे। ति सुँगुरहरु भीरबाट लडेर तालमा डुबेर मरे। ति सुँगुरहरुलाई चराउनेहरु चाहिँ गाउँमा पसेर त्यहाँ भएका घटना बारे मानिसहरुलाई बताइदिए। जब मानिसहरु त्यस घटना स्थल तर्फ आए, तब तिनीहरुले त्यो साङ्लाले बाँधेर पनि वशमा राख्न नसक्ने मानिसलाई ठीक मनको भई लुगा लगाएर बसिरहेको देखे। जब त्यो देखे, तब तिनीहरु डराए। अनि तिनिहरुले येशूलाई आफ्ना इलाकाबाट अन्तै गई दिनुहोस् भनि उहाँसँग बिन्ति गरे। जब येशू डुङ्गामा त्यो ठाउँबाट जानै लाग्नुभएको थियो, तब त्यो भूत लागेकोबाट निको भएको मानिसले उहाँसँग  रहन पाउँ भनि  बिन्ति गर्‍यो। तर येशूले त्यसलाई भन्नुभयो, "तिमी आफ्नो घर जाऊ। परमेश्वरले तिम्रो लागि कति ठूलो काम गर्नु भएको छ र तिमी प्रति कत्रो कृपा देखाउनु भएको छ, यो कुरा आफ्ना मित्रहरुलाई भनिदेऊ।” त्यसपछि त्यो मानिस त्यहाँबाट हिडिहाल्यो। येशूले त्यसको लागि गर्नुभएको काम र देखाउनुभएको ठूलो दयाको बारेमा अरु दश शहरहरुमा बतायो, र सुन्नेहरु जति सबैले अचम्म माने। यसरी येशूले भूतात्माहरु माथिको आफ्नो अधिकारलाई देखाउनुभयो।                 [शीर्षकमा फर्कनु ]

17. येशू मरेको केटीलाई उठाउनुहुन्छ

येशूले एकजना भुत आत्मा लागेको मानिसलाई निको पार्नुभयो। त्यसपछि उहाँ तालको पारिपट्टी जानुभयो। त्यसै समयमा एकजना इस्राएली धर्मगुरु उहाँकहाँ आएर आफ्नो शिर झुकाएर उहाँलाई भने, “मेरी छोरी भर्खरै मरी। दया गरि म सँग आउनुहोस् र तपाईको हात त्यसमाथि राख्नुहोस् अनि त्यो बाँच्‌नेछे।” येशू तुरुन्तै उठ्नुभयो र त्यो मानिससँग जानुभयो। उहाँका चेलाहरु र ठुलो भिड पनि उहाँको पछि लागे। त्यहीँ समयमा बाह्र बर्षदेखि रगत बग्ने ब्यथाले ग्रस्त भएकी  एउटी स्त्री त्यहाँ थिईन। तिनले पछाडिबाट आएर येशूको वस्त्रको फेर छोइन् किनकि तिनले भनेकी थिइन “यदि मैले उहाँको वस्त्र मात्र छोए भने म निको हुनेछु।”  जब तिनले येशूको वस्त्र छोइन तिनि तुरुन्तै निको भइहालिन्। येशूले पछि फर्केर  त्यो स्त्रीलाई हेरेर भन्नुभयो, “छोरी नडराउ, तिमिले परमेश्वर माथि गरेको  विश्वासले निको भएकी छौं।” त्यसपछि येशू र उहाँका चेलाहरू त्यस धर्मगुरुको घर आउनु भयो। त्यहाँ मानिसहरु ठुलो सोरले बिलाैना गर्दै थिए। येशुले तिनिहरुलाइ भन्नुभयो, “तिमीहरु किन बिलाैना गर्छाै? किनकि केटि मरेकि छैनन, तर सुतेकि मात्र  छिन।” यो कुरा सुनेर तिनिहरुले  येशुलाइ गिल्ला गरे। येशूले तिनिहरुलाई बाहिर निकाल्नुभयो। उहाँले  त्यस केटिको हात समात्‌नु भयो र त्यो केटि जिवित भएर जुरुक्क उठिन्। त्यो देखेर सबैजना आश्चर्य चकित भए। यो घटना चारैतिर तुरुन्तै फैलियो। यसरी येशूले मृत्यू र रोगहरुमाथिको आफ्नो अधिकार प्रकट गर्नुभयो।     [शीर्षकमा फर्कनु ]

18. हराएको छोरा

येशूले परमेश्वरको बारेमा मानिसहरुलाई सिकाउनुहुदाँ धेरै जसो कथाद्वारा सिकाउनु हुन्थ्यो। एकदिन पापी मानिसहरु पनि उहाँको शिक्षा सुन्नलाई आए। यो देखेर इस्राएली धर्मगुरुहरुले येशूलाई पापी मानिसहरुसंग पो संगत गर्दो रहेछ भनेर गनगनाउन थाले। त्यसै समयमा येशूले तिनीहरुलाई एउटा कथा भन्नुभयो। “एकजना मानिसको दुई जना छोराहरु थिए। एकदिन कान्छो छोराले बुबासंग आफ्नो भागमा पर्ने सबै अंश माग्यो। बुबाले पनि उसले पाउने सबै अंश दिए। आफ्नो सबै अंश लिएर उ घर छोडेर हिड्यो। अनि भोग बिलासमा जिन्दगि बिताउन थाल्यो। उसले आफुसंग भएको सबै पैसा सिघ्यायो। त्यहि समयमा त्यस ठाउँमा ठूलो अनिकाल पर्‍यो। उसले काम खोज्यो र एकजना मानिसले उसलाई  सुँगुर चराउने काम दियो। खानेकुरा प्रशस्त नपाएकोले उसले सुँगुरको चारोले आफ्नो पेट भर्न चाहन्थ्यो। तर कसैले उसलाई केहि पनि दिँदैनथ्यो। यस्तो दु:ख आईपरेको हुनाले उसको चेत खुल्यो र आफ्नो बुबाको घरलाई सम्झिदै भन्यो, ‘मेरो बुवाको घरमा नोकरहरुले पनि पेट भरि खान पाउछन्, यहाँ भने म भोक भोकै मर्न लागेको छु।’ त्यसैले उसले निर्णय  गर्‍यो, ‘म बुबाको घरमा फर्कनेँछु र भन्नेछु, “बुबा मैले परमेश्वरको र तपाईंको बिरुद्धमा पाप गरेको छु। म तपाईंको छोरा भनिन योग्यको छैन। त्यसैले मलाई तपाइको नोकरहरु मध्ये एउटा नोकर सरह बनाउनुहोस्।”’ त्यसपछि उ घर फर्क्यो। उनका बुबाले टाढैबाट तिनलाई घर आउदै गरेको देखे र उनको ह्रदय दयाले भरियो। अनि दौडदै गएर छोरालाई अँगालो हाल्यो। अनि छोराले भन्यो, ‘बुबा,मैले परमेश्वर र तपाईको बिरुद्धमा पाप गरेको छु। म तपाईंको छोरा भनिन योग्यको छैन।’ तर बुवाले नोकरहरुलाई भने, ‘जाओ र भोज तयार पार, किनकि मेरो छोरो जो हराएको थियो आज भेट्टाएको छ। यो मरेको थियो आज जिवित भएको छ। यो खुशियालीमा आज हामी उत्सव मनाऔं।’ सबै जना उत्सब मनाइरहेको बेलामा जेठा छोरा घरमा आइपुगेर नोकरलाई सोधे ‘आज घरमा के हुदैछ?’  उनका नोकरले  जबाफ दिँदै भने, ‘हजुरका कान्छा भाई घर फर्कि आउनु भएको छ।’ यो सुनेर  उसले रिसाउदै  बुबालाई भने, ‘बुबा! म यतिका दिन सम्म तपाईको आज्ञाकारी भए, तर तपाईंले कहिल्यै पनि मेरो निम्ति यस्तो भोज गर्नु भएन। तर तपाईले आज किन आफ्नो सम्पति सबै बेश्याहरुसंग सिध्याउने छोराको लागि यति ठुलो भोज दिनु भयो?’ बुबाले तिनलाई भने, ‘छोरा तिमी म सँग सधै छौ। म सँग जे जति छ ति सबै तिम्रै हो। त्यसैले यो उत्सब चाहिँ मनाउनु असल छ किनकि तिम्रो भाइ हराएको थियो आज भेटिएको छ। मरेको थियो बाँचेको छ।’”  यसरी परमेश्वरले सबै मानिसलाई प्रेम गर्नु हुन्छ र उहाँकहाँ फर्कि आएको चाहानु हुन्छ भनि येशूले सिकाउनु भयो।   [शीर्षकमा फर्कनु ]

19. धनि मानिस र गरिब मानिस

एक समय येशूले परमेश्वर र धन दुबैलाई एकैचोटि सेवा गर्न सकिदैन भनेर सिकाउदै हुनुहुन्थयो। त्यहाँ सुन्नलाई धर्म गुरुहरु पनि आएका थिए। तिनिहरु येशूको शिक्षा सुनेर निन्दा गरिरहेका थिए किनकि तिनिहरु पैसालाई प्रेम गर्ने मानिसहरु थिए। यसकारण सिकाउने क्रममा येशूले भन्नु भयो, “एकजना धनी मानिस थियो। उ सधैं महङ्गो कपडा लगाउथ्यो। मिठो मिठो खाएर मोज मस्ति गर्थ्यो।  एकजना गरीब व्यक्ति त्यो धनी मानिसको गेटमा बस्थ्यो। उसले त्यो धनि मानिसले खाइ नसकेर फालेको टुक्रा टाक्री खाएर धन्यबादी हुन्थ्यो। कुकुरहरुले उसको घाउ चाट्दथे। केहि समय पछि गरीब मानिस मर्‍यो।   स्वर्गदुतहरुले उसलाइ स्वर्गमा इस्राएलीहरुको पुर्खा अब्राहामको साथमा लगेर राखे। त्यसपछि धनि मानिस पनि मर्यो। तर उ नरकमा गयो। उसले अब्राहामको साथमा छिमेकी गरीब मानिसलाई देख्यो र  कराएर भन्यो, ‘हे अब्राहाम! म माथि दया गरेर त्यो गरिब मानिसलाई म कहाँ पठाइदिनुहोस। ताकि त्यसले एक थोपा पानि ल्याएर मलाइ शितल पारिदेअोस्। मलाई आगोमा कष्ट भएको छ।’ तब अब्राहामले भने, ‘याद गर छोरा, तैले आफ्नो जिबन कालमा मोज मस्ति गरिस् र उसले दुःखै दुःख भोग्यो। र उ अहिले आराममा छ, र तँ अहिले कष्टमा छस्। यहाँबाट त्यहाँ र त्यहाँबाट यहाँ कोहि आउन नसकोस् भनेर बिचमा ठुलो खाडल छ।’ तब धनि मानिसले भन्यो, ‘त्यसोभए त्यस मानिसलाई मेरो पाँच दाजु भाईहरुकोमा पठाइदिनुहोस। त्यसले गएर तिनिहरुलाई चेतावनी देअोस्। नत्र तिनिहरु पनि यस कष्ट ठाँउमा आउलान।’ तब अब्राहामले भने, ‘तिनिहरुसँग परमेश्वरको वचन छ। पढ्न र सिक्न सक्छन।’ तब त्यस मानिसले भन्यो, ‘होेइन हे पिता मरेकोबाट कोहि तिनिहरुकोमा गयो भने तिनिहरुले परमेश्वर तिर फर्कनेछन्।’ तब अब्राहामले भने, ‘यदि तिनिहरुले परमेश्वरको बचन सुन्दैनन भने मरेकाहरुबाट कोहि जिबित भएर गयो भने पनि तिनिहरु परमेश्वर तिर फर्कदैनन्।’” यसरी परमेश्वरलाई भन्दा बढि पैसालाइ माया गर्नु हुदैन भन्ने बिषयमा धेरै मानिसहरुलाई येशूले सिकाउनु भयो।                               [शीर्षकमा फर्कनु ]

20. येशूको पक्राऊ

एक दिन येशू चेलाहरु सँग यरुशलेम गईरहनुभएको थियो। जाँदै गर्नु हुँदा उहाँले आफ्ना बाह्र चेलाहरुलाई अलग्गै लगेर बाटोमा तिनीहरुलाइ भन्नुभयो, “मलाई धर्मगुरुहरुले पक्रनेछन्, गिल्ला गर्नेछन्, कोर्रा लगाउनेछन् र  क्रुसमा टाँगेर मार्नेछन्। तर मरेको तेस्रो दिनमा म मृत्युबाट फेरि जिवित हुनेछु।” येशूले गर्नुभएका अचम्मका कार्यहरु देखेर मानिसहरुले येशूलाइ प्रशंशा  गर्थे। यो देखेर धर्मगुरुहरु येशूसँग साह्रै डाह गर्थे। यसकारण उनीहरुले येशूलाई कसरी पक्रन सकिन्छ भनी आपसमा छलफल गरे। यसै क्रममा येशूकै बाह्र चेलाहरुमध्ये एक जना चेला यहुदाले इस्राएलि धर्मगुरुहरुसँग पैसा लिएर येशूलाई धोखा दिई पक्राईदिने  सम्झौता गर्‍यो।  त्यसपछि येशू आफ्ना चेलाहरुसँग बेलुकीको भोजमा बस्नुभयो र भन्नुभयो, “मेरो रगत धेरै मानिसहरुको पाप क्षमाको निम्ति बहाइन्छ।” त्यसपछि येशू एघार जना चेलाहरुको साथमा प्रार्थना गर्नलाइ बगैचामा जानुभयो। त्यतिनै बेला उहाँलाई धोका दिने चेला यहुदा र हातमा भाला, तरवार र हतियारहरु लिएको भीडसहित त्यहाँ देखा पर्यो। उसले येशूको नजिक आएर “गुरुज्यु” भन्यो। तब मानिसहरुले येशू यहिनै रहेछ भनी थाहा पाए। अनि येशूलाई पक्राउ गरे। यसरी येशूको पक्राउ भयो।           [शीर्षकमा फर्कनु ]

21. येशूको मृत्यु

जब येशूलाई पक्राउ गरियो त्यसपछि ईस्राइली धर्मगुरुहरुले येशूलाई हाकिम कहाँ लगे। येशूलाई धेरै अपराधहरु गरेको झुट्टा अारोपहरु लगाए। त्यहाँ हाकिमले येशूलाइ केरकार गर्नलागे तर येशूमा कुनै पनि दोष भेट्टाउन सकेनन्। त्यसपछि हाकिमले येशूलाई छोडिदिने बिचार गरे। तर धर्म गुरुहरुले भिडलाई अघि नै भडकाई सकेको हुनाले भिडले, “येशूलाई क्रुसमा टाँगेर मार्नु पर्छ!” भनेर कराए। त्यसपछि हाकिमले भिडको इच्छा अनुसार येशूलाई क्रुसमा टाँगेर मृत्यु दण्ड दिने फैसला गरे। अनि येशू झुण्ड्याइने  क्रुस उहाँ आफैलई बोकाएर मारिने ठाउसम्म लगियो। लगिसकेपछि येशूको हातमा, खुट्टामा  किला ठोकेर उनिहरुले येशूलाइ नमरुन्जेलसम्म क्रुसमा टाँगे। यसरी क्रुसमा झुण्डिरहदाँ पनि येशूले परमेश्वरसंग प्रार्थना गर्दै भन्नु भयो, “हे पिता यिनिहरुलाइ क्षमा गर्नुहोस। किनभने यिनिहरुले के गर्दैछन यिनिहरुलाइ थाहा छैन।” येशूलाई दुईवटा चोरहरुको साथमा झुण्डाएको थियो। यि दुई चोरहरु मध्ये एउटाले भन्यो, “तपाइको राज्यमा आउनु हुदाँ मलाइ पनि सम्झनुहोस।” येशूले त्यस चोरलाइ भन्नुभयो, “साच्चै नै म तिमीलाई भन्दछु, आज नै तिमी मसँग स्वर्गमा हुनेछौँ।” त्यसपछि येशूले, “हे पिता मेरो आत्मा तपाइको हातमा सुम्पन्छु” भन्दै आफ्नो प्राण त्याग्नु भयो। येशूको मृत्यु  भइसकेपछि येशूका चेलाहरु मध्ये एकजनाले उहाँको मृत शरिरलाई लगेर चिहानमा गाडे र चिहानको मुखमा ठुलो ढुङ्गा राखे। यसरि येशूको मृत शरिरलाइ चिहानमा राखेको र चिहानको मुखमा ठुलो ढुङ्गा राखेको केहि स्त्रिहरु जो येशूका चेलाहरु थिए उनिहरुले पनि देखेका थिए।          [शीर्षकमा फर्कनु ]

22. येशू जीवित हुनुहुन्छ

येशूलाई चट्टानमा खोपेर बनाईएको चिहानमा राखेको तेस्रो दिन बिहान सबेरै केही स्त्रीहरू सुगन्धित तेल लिएर चिहानमा आए। तिनीहरू येशूलाई बिश्वास गर्थे र आफुसँग भएको सुगन्धित तेल येशूको शरिरमा घस्न चाहन्थे। बाटोमा जाँदैगर्दा तिनीहरुले चिहानको मुखमा राखेको ढुङ्गा कसले हटाई देला भनि छलफल गरिरहेका थिए। जब तिनीहरु त्यो चिहानमा पुगे त्यो चिहानको मुखमा राखेको ढुङ्गा अगाडी नै हटाईको थियो। येशूको शरिर पनि त्यहाँ थिएन। त्यसै समय दुई जना स्वर्गदुत तिनीहरुको सामने देखा परेर भने, “जीवित भई उठ्नु भएको येशूलाई किन तिमीहरु चिहानमा खोज्दछाैं?  उहाँ त यहाँबाट अघि नै गईसक्नुभयो। तिमीहरुले उहाँले भन्नुभएको कुरा सम्झ की मानिसहरुले मलाई पक्रने छन्, मार्ने छन् र तेस्रो दिनमा जिवित भई उठ्नेछु।” तब तिनीहरु दाैड्दै गएर यो खवर अरुहरुलाई सुनाए। तर पनि तिनीहरुले यो कुरामा विश्वास गरेनन्। त्यही दिनको बेलुका धर्मगुरुहरुको डरको कारणले गर्दा  तिनीहरु एउटा घरभित्र ढोका बन्द गरेर बसिरहेका थिए। अचानक येशू तिनीहरुको बिचमा देखा पर्नुभयो र तिनीहरु येशूलाई देखेर डराएर भने, “ओहो! यो त भूत हो।” तब येशूले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुलाई शान्ति।” येशू तिनीहरुको बिचमा केही खाने कुराहरु पनि खानुभयो। येशू ४० दिनसम्म संसारमा  रहनुभयो। धेरै मानिसहरु कहाँ देखा पर्नुभयो। उहाँले आफ्नो चेलाहरुलाई धेरै कुरा सिकाउनुभयो। येशूले तिनीहरुलाई भन्नुभयो, “हेर म स्वर्ग चढि जानेछु र परमेश्वरको आत्मा तिमीहरुमाथि पठाउनेछु। जबसम्म तिमीहरुले परमेश्वरको आत्मा पाउदैनाै तबसम्म येरुशलेम छोडेर कतै पनि नजानु।” ४० आै दिनको आन्तिममा येशूले आफ्ना चेलाहरुलाई  एउटा डाँडामा लगेर भन्नुभयो, “सबै अधिकार म सँग छ, यसकारण जाआे सबै देशका जातिहरुलाई चेला बनाआें र बप्तिष्मा देउ। मैले जे आज्ञा तिमीहरुलाई गरेको छु त्यो आज्ञाको पालान गर्न अरुहरुलाई पनि  सिकाउ।” त्यसपछि येशू स्वर्ग उच्चा लिनुभयो।              [शीर्षकमा फर्कनु ]

23. पवित्र आत्मा आुँनछ

येशूको स्वर्गारोहण पछि चेलाहरु यरुशलेमको एउटा घरको माथिल्लो तलामा जम्मा भएर निरन्तर प्रार्थना गरिरहेका थिए। येशूले भन्नुभए झैं तिनिहरु परमेश्वरको आत्माको पर्खाईमा बसिरहेका थिए। तब अचानक स्वर्गबाट ठुलो बतास बहेको जस्तो आवाज आयो, र तिनिहरु बसेको पुरै घर भरियो। आगोका लप्काहरुलप्का जस्तै देखिने आएर तिनिहरु हरेक माथि बसे। अनि तिनिहरु सबै परमेश्वरको आत्माले भरिएर अरु भाषाहरुमा बोल्न लागे। त्यसवेला धेरै देशहरुबाट इस्राएलिहरु एउटा चाड मान्नलाई भेला भएका थिए। तिनीहरुले ठूलो बतास बहेको जस्तो आवाज सुनेर आश्चार्य चकित हुँदै एक ठाँउमा जम्मा भएर भने, “के यिनिहरु स्थानिय इस्राएलिहरु होईनन् र?  तर यो कसरि हुन सक्छ कि तिनिहरुले  हाम्रा आफ्नै मातृ भाषाहरुमा परमेश्वरका माहान कामहरुको बारेमा बोलिरहेको हामिले सुन्छौ?”  तर मानिसहरुले हाँसो गरेर भने, “यिनिहरु मातेका छन्।” तब पत्रुसले उठेर भिडहरुलाई भने, “मेरो कुरा सुन्नुहोस! हामिहरु मातेका छैनौं। तपाईहरुले, येशूले परमेश्वरको शक्तिमा गर्नुभएका अचम्मको  कामहरुको बारेमा देख्नु र सुन्नु भएकै छ। उहाँलाई तपाईहरुले मार्न लगाउँनु भयो। तर परमेश्वरले आफ्नो शक्तिमा जीवित पार्नुभयो, र हामिले उहाँलाई देख्यौं। यहि येशू जसले परमेश्वरको त्यो आत्मा पठाउनु भयो जे तपाईहरुले अहिले देख्नु भएको छ। यहि येशू जसलाई तपाईहरुले मार्नु भयो, परमेश्वरले उहाँलाई प्रभु र मुक्तिदाता बनाउँनु भयो।” यो सुनेर तिनिहरुको ह्रदय छिया-छिया भयो।  तिनिहरुले भने, “अब  हामिहरु के गरौं?” पत्रुसले तिनिहरुलाई भने, “आफ्ना पापहरुबाट परमेश्वर तिर फर्कनुहोस। येशूमा विश्वास गरेर बप्तिष्मा लिनुहोस। यो अर्थमा कि तपाईहरुका पाप येशूद्वारा क्षमा भएका छन्। तपाईहरुले परमेश्वरको आत्मा पाउनु हुनेछ किनकि यो उपहार विश्वास गर्ने सबैलाई दिईनेछ।” यसरी त्यसदिन तीन हजार जनाले येशूमा  विश्वास गरेर बप्तिष्मा लिए। ति नयाँ चेलाहरु सँधै जम्मा भएर येशूको बारेमा परिपक्क चेलाहरुबाट शिक्षा लिन्थे, खाना खान्थे, सबै कुरा एक अर्कामा बाँड्थे,अनि सधैँ परमेश्वरको प्रशंसा गरिरहन्थे। परमेश्वरले दिनहुँ तिनीहरुको संङ्ख्यामा नयाँ चेलाहरु थपिदिनु हुन्थ्यो।     [शीर्षकमा फर्कनु ]

24. पाउल र जेलर

परमेश्वरको आत्माको आगमन पछि चेलाहरु शक्तिशालि भएर येशूको बारेमा गवाहि दिन थाले। येशूले भन्नु भए अनुसार तिनिहरुले अरु धेरै चेलाहरु बनाउदै गए। ति चेलाहरु मध्ये पावल एक जना थिए। तिनले येशूको नाममा धेरै अच्चमको काम गरे। एक दिन पावल र अर्को चेला बाटोमा हिड्दै गर्दा तिनिहरु को नोकर्नि केटीसगँ भेट भयो। उनमा दुष्ट आत्मा थियो। उनले मानिसहरुको भबिष्यको कुरा बताएर आफ्ना मालिकहरुका लागि पैसा कमाउने गर्थि। त्यो नोकर्नि केटि भित्रको दुष्टआत्माले पावल र उनको साथिलाई दिक्क पारिराखेको थियो। तब पावलले फनक्क फर्केर भने “येशूको नाउँमा म तलाई त्यो केटिबाट निस्कि जाने आज्ञा दिन्छु।” तब त्यो दुष्टआत्मा त्यहि घडि निस्कि हाल्यो। जब उनका मालिकले यो थाहा पाए कि अब उसले कति पनि कमाई गर्न नसक्ने भई, तब उनिहरुले पावल र उनको साथिलाई झुटो आरोप लगाएर पिटे र झ्यालखानामा हालिदिए। जेलरले उनिहरुलाई ठिंगुरो ठोकेर झ्यालखानाको भित्री भागमा राखे। तर आधारात तिर पावल र उनको साथीले प्रार्थना र भजन गाँउदै परमेश्वरको महिमा गरिरहेका थिए। अरु कैदीहरुले सुनिरहेका थिए। तब अचानक ठुलो भुईचालो गयो र झ्यालखानाका जगहरु हल्लिए। सबै ढोकाहरु खुले। तब जेलर निन्द्राबाट बिउझे, र उनले सबै ढोकाहरु खुलेको देखे। सबै कैदीहरु भागे होलान भनि भन्ठानेर आफैलाई मार्नलाई तरवार निकाले। तब पावलले भित्रबाट चर्को सोरमा भने, “तपाईले आफुलाई केही नोकसानि नगर्नुहोस। किनकि हामि सबै यही छौ।”  जेलरले बत्ति मागे र भित्र पावल को अगाडि काम्दै घोप्टो परेर भने, “मुक्ति पाउनलाई मैले के गर्नु पर्छ?”  पावलले भने, “प्रभु येशूलाई विस्वास गर्नुहोस। तपाईले र तपाईका परिवारले मुक्ति पाउनु हुनेछ।” त्यस पछि पावल र उनको साथीले जेलरको पुरा परिवारलाई परमेश्वरको वचन सुनाए। जेलर र उनको पुरा परिवारले बप्तिष्मा लिए। यसरी परमेश्वरलाई बिश्वास गरेर जेलर र उनको परिवार आनन्दित भए। झ्यालखानाबाट छुटेपछी पावल र उनको साथी अरु चेलाहरूलाई भेटघाट गरेर त्यहाँ बाट फर्के। यसरि येशू माथीको बिस्वासले धेरै जना बाँचे।               [शीर्षकमा फर्कनु ]